एजेन्सी, २१ भदौ । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको छनौट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलमा ५१ औं मिनेटमा जोन मुरिल्लोका गोलबाट भेनेजुएलाले अग्रता लियो । तर त्यसको तीन मिनेटपछि भेनेजुएलाका रोल्फ फ्लेट्स्चारले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी समाप्त भयो ।
यो खेलमा बराबरी भएपछि अर्जेन्टिनाले रुस विश्वकपमा स्थान बनाउनका लागि आउँदो महिना हुने छनौट चरणका खेलमा पनि मेहनत गर्नुपर्ने भएको छ ।
अर्जेन्टिनाको विश्वकप खेल्ने आशा जीवितै तर कठिन
0
Share.
Comments