एजेन्सी, २१ भदौ । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको छनौट अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनौट भइसकेको ब्राजिल कोलम्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।
अवे मैदानम भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा विलियनको गोलबाट ब्राजिलले अग्रता लियो । तर ५६ औं मिनेटमा घरेलु टोली कोलम्बियाका लागि राडामेल फालकाओले बराबरी गोल फर्काएर महत्वपूर्ण एक अंक जोडे ।
यस्तै, आज बिहानै भएको खेलमा चिली बोलिभियासँग १–० ले पराजित भएको छ । बोलिभियाको जितमा ५९ औं मिनेटमा असले गरेको गोल नै निर्णायक बन्यो ।
अर्को खेलमा इक्वेडरलाई पेरुले २–१ ले हरायो । दक्षिण अमेरिकी क्षेत्रको शीर्ष स्थानमा रहेको ब्राजिलको ३७ तथा दोस्रो स्थानको कोलम्बियाको २६ अंक छ । २३ अंकसहित चिली पाँचौं स्थानमा छ ।
ब्राजिल र कोलम्बियाले बराबरी खेले
0
Share.
Comments