एजेन्सी, २१ भदौ । दक्षिण कोरिया र साउदी अरेबिया आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । विश्वकप २०१८ को छनौटमा एसिया क्षेत्र अन्तर्गत गएराति भएका खेलमा जित निकाल्दै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकप फुटबलका लागि छनौट भएका हुन् । योसँगै एसियाबाट सिधै छनौट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए ।
एसिया क्षेत्रको छनौट अन्तर्गत समूह ए मा रहेको दक्षिण कोरियाले उज्वेकिस्तानसँग गोलरहित बराबरीमा रोकिए पनि १० खेलबाट १५ अंकसहित दक्षिण कोरिया विश्वकपका लागि छनौट भएको हो । समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का गरेको हो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ । जापानको २० अंक छ ।
यस्तै इरानले सिरियासँग २–२ को बराबरी खेलेको छ । अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हराएको छ । अब अस्ट्रेलिया र सिरियाले एसिया क्षेत्रको प्लेअफ खेल खेल्ने छन् । दुई लेगमा हुने खेल जित्नेले विश्वकपमा स्थान बनाउने छ ।
साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपमा छनौट
0
Share.
Comments