एजेन्सी, २० भदौ । रुसी टिनएजर एन्ड्री रुबलेव र अर्जेन्टिनी आन मार्टिन डेल पोट्रो युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रुसी किशोर रुबलेवले नवौं बरियताका बेल्जियमका डेविड गोफिनलाई ७–५, ७–६ र ६–३ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । रुबलेवले क्वाटरफाइनलमा विश्व नम्बर एक स्पेनिस राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै, नाडालले युक्रेनका एलेक्जेण्डर डोल्गोपोलोभलाई ६–२, ६–४ र ६–१ को सेटमा हराउँदै क्वाटरफाइनलमा पुगेका हुन् । डेल पोट्रोले छैटौं बरियताका डोमिनिक थिइमलाई १–६, २–६, ६–१, ७–६ र ६–४ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । उनले अब क्वाटरफाइनलमा रोजर फेडेरर वा फिलिप कोह्लचेइबरसँग खेल्ने छ ।
महिला एक तर्फ विश्व नम्बर एक कारोलिना प्लिस्कोभा क्वाटरफाइनलमा पुगेकी छन् । उनले अमेरिकी जेनिफर ब्राडीलाई ६–१ र ६–० को सोझो सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।
रुबलेव र पोट्रो युएस ओपन टेनिसको क्वाटरफाइनलमा
0
Share.
Comments