एजेन्सी, १८ भदौ । राफायल नाडालले युएस ओपन टेनिसको चौथो चरणमा पुगेका छन् । आज विहान भएको खेलमा शीर्ष बरियताका स्पेनिस खेलाडी नाडालले अर्जेण्टिनाका लियोनार्दो मायरलाई ३–१ को सेटमा हराउँदै चौथो चरणमा पुगेका हुन् । यस्तै छैटौं बरियताका डोमिनिक थिम पनि प्रतियोगिताको चौथो चरणमा पुगेका छन् । अष्ट्रियाका थिमले फ्रान्सेली एड्रिन मानारिनोलाई ३ शुन्यको सोझो सेटमा हराएका हुन् । उनले चौथो चरणमा जुआन मार्टिन डेल पोत्रोसंग खेल्नेछन् । अर्जेण्टिनाका डेल पोत्रो स्पेनका रोबर्टो बाटिस्टालाई हराउँदै युएस ओपन टेनिसको चौथो चरण पुगेका हुन् ।
यस्तै महिलातर्फ विश्व नम्बर १ कारोलिना प्लिसकोभा युएस ओपनको तेश्रो चरण प्रवेश गरेकी छन् । पाखुराको चोटका बाबजुत उनले चीनिया सावी झ्याङलाई २-१ को सेटमा हराएकी हुन् ।
पहिलो सेट हारेकी कारोलिना दोश्रो सेटमा पनि ५-४ ले पछि परेकी थिइन तर त्यसपछी खेलमा फर्किदै उनले दोश्रो र तेश्रो सेट जित्दै अर्को चरणमा स्थान सुरक्षित गरिन् ।
यो नतिजासँगै उनी बरियताको शीर्ष स्थानमै रहने सम्भावना कायमै छ । एलिना स्भिटोलिना र गार्वाइन मुगुरुजा शीर्ष बरियतामा उक्लने दाउमा छन् ।
राफायल नाडाल चौथो चरणमा
0
Share.
Comments