एजेन्सी, १६ भदौ । रक्सी खाएर गाडी चलाएको आरोपमा प्रहरीले इंग्लिस क्लब एभर्टनका स्ट्राइकर वायन रुनी पक्राउ गरेको छ । प्रहरीले रुनीलाई रक्सी खाएर गाडी चलाएको आरोपमा उनको घर नजिकैबाट पक्राउ गरेको हो ।
इंग्लिस राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता तथा पूर्व कप्तान रुनी गएराति पक्राउ परेका हुन् । इंग्ल्याण्डमा रक्सीले मातेर गाडी चलाउन पाइँदैन ।
३१ वर्षे रुनीले गएको हप्तामात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । गएको सिजनसम्म म्यानचेष्टर युनाइटेडबाट प्रिमियर लिग खेल्दै आएका रुनी यो सिजन एभर्टन फर्किएका थिए ।
रक्सी खाएर गाडी चलाएको आरोपमा वायन रुनी पक्राउ
0
Share.
Comments