काठमाडौं, ११ भदौ । अग्रता जोगाउन नसक्दा नेपाल यू–१५ साफ च्याम्पियनसीपको उपबिजेतामा सीमित भएको छ । आज भएको फाइनल खेलमा नेपाल चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २–१ ले पराजित हुँदै उपबिजेतामा सीमित भएको हो ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा टोलीलाई अग्रता दिलाए ।
खेलको ५९औं मिनेटमा भारतका लालरोकिमाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै, ७५औं मिनेटमा भारतका बिक्रा प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए ।
नेपालले समूह चरणमा पनि भारतसँग २–१ कै पराजय व्यहोरेको थियो ।
नेपाल यू-१५ साफ च्याम्पियनसीपको उपबिजेतामै सीमित
0
Share.
Comments