काठमाडौं, ११ भदौ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोलीमा परेका खेलाडीबाट अन्तिम टोली घोषणा गरेको हो ।
आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय अन्तिम टोली घोषणा भएको हो ।
घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन् ।
त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् ।
नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । यस समूहमा सिंगापुर, थाइल्याण्ड, भुटान छन् । प्रतियोगिताको फाइनलिष्ट टोलीले यू–१९ एसिया कपमा स्थान बनाउनेछ ।
१९ वर्षमुनिको एसियाली क्रिकेटका लागि नेपाली टोलीको घोषणा
0
Share.
Comments