काठमाडौं, ११ भदौ । साफ अन्डर–१५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । राजधानीको सातदोबाटोमा दिउँसो ३ बजे हुने खेलमा दुवै देशले आफ्नो पक्षमा जित ल्याउन कडा तयारी गरेका छन् ।
बंगलादेशलाई सेमिफाइनलमा ४–२ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । यस्तै, भारतले सेमिफाइनलमा भुटानलाई ३–० ले हराउँदै फाइनल प्रवेश गरेको हो
समूह चरणमा भारतले नेपाललाई २–१ ले हराएको थियो ।
आज नै तेस्रो स्थानको लागि भुटानले बंगलादेशको सामना गर्नेछ । खेल हल्चोक मैदानमा दिउसा २ः३० बजे सुरु हुनेछ । ।
उपाधिका लागि आज नेपाल र भारत भिड्दै
0
Share.
Comments