एजेन्सी, ११ भदौ । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगाको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले लास पालमसमाथि ५–१ को अन्तरले हराएर जित दर्ता गरेको हो ।
एथ्लेटिकोलाई जिताउने क्रममा कोकेले दुई, एन्जल कोरिया, यान्निक कारास्को, थोमस पार्टीले एक एक गोल गरे । लास पालमसका लागि जोनथन कालेरीले एक गोल फर्काए ।
सिजनको पहिलो खेलमा एथ्लेटिको गिरोनासँग २–२ को बराबरीमा रोकिएको थियो ।
गएराति नै भएको खेलमा गिरोनाले मालागालाई १–० ले हरायो । लेभान्टे र डिप्रोटिभो डि लाकोरुनाले २–२ को बराबरी खेलेका छन् ।
लास पालमसमाथि एथ्लेटिको मड्रिडको शानदार जित
0
Share.
Comments