एजेन्सी, ११ भदौ । बार्सिलोनाले स्पेनिस ला लिगाको यो सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले एलाभेसलाई २–० ले हराउँदै दोस्रो जित हात पारेको हो ।
बार्सिलोनाको जितमा दुवै गोल मेस्सीले गरे । उनले ५५ औं र ६६ औंमा गोल गरेका थिए । जेराड पिकेलाई एलाभेसका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन् । मेस्सीको पेनाल्टी प्रहार एलाभेसका गोलरक्षक फर्नान्डो पाचेकोले सुन्दर बचाउ गरे । पहिलो हाफमा पेनाल्टीमा चुकेका मेस्सीले दोस्रो हाफमा भने दुई गोल गरे ।
यसअघि यो सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–० ले हराएको थियो ।
बार्सिलोनाको दोस्रो जित
0
Share.
Comments