काठमाडौं, ९ भदौ । नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । अब उपाधिका लागि भारतसँग खेल्नेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा नेपालले पहिलो हाफमा दुई गोल गर्यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे ।
६४ औं मिनेटमा बंगलादेशका नजमुल विश्वासले आत्मघाती गोल गरे । बंगलादेशले ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत देखायो । तर, नेपालका बिज्रेस चौधरीले अर्को गोल गर्दै ४–२ को जित निकाल्न सफल भएको छ ।
आजै भएको सेमिफाइनलको अर्को खेलमा भुटानलाई २–० ले हराउँदै भारत फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले भारतको सामना गर्नेछ । यसअघि सेमिफाइनलको हारको बदला लिन नेपाललाई फाइनल सुनौलो मौका हुने छ । फाइनल खेल आइतबार हुनेछ ।
नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
0
Share.
Comments