एजेन्सी, ९ भदौ । लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडीको अवार्ड क्रिस्टियानो रोनाल्डोले हात पारेका छन् ।
च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन् ।
यस्तै युभेन्टसका गोलरक्षक बुफोनले वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड हात पारे । रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे भने रियलकै अर्का खेलाडी लुका मोद्रिकले उत्कृष्ट मिडफिल्डरको उपाधि जिते । रोनाल्डोले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधि पनि हात पारेका छन् । त्यस्तै महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् ।
रोनाल्डोले जिते युएफा वर्ष खेलाडी र उत्कृष्ट फर्वाडको उपाधि
0
Share.
Comments