एजेन्सी ६ भदौ । भारतीय क्रिकेटका कप्तान विराट कोहलीले दिग्गज खेलाडी सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्। सचिनका धेरै रेकर्ड पछिपछि दौडिरहेका विराटले एकमा भने उनलाई उछिनेका छन्। विराटले एकदिवसीय खेलबाट सबैभन्दा छिटो ४००० रन पूरा गर्ने मामिलामा सचिनलाई पछाडि पारेका हुन्।
विराटले ४ हजार रन पूरा गरेसँगै सबैभन्दा बढी रन लिने खेलाडीको सूचीमा पनि तेस्रो नम्बरमा परेका छन्। एक नम्बरमा ५ हजार ४ सय ९० रन पुर्याएका सचिन छन् भने, दोस्रोमा ४ हजार १ सय ८६ अस्ट्रेलियाका रिकी पेन्टिङ छन्।
Comments