एजेन्सी, ४ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको दोस्रो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनललाई स्टोक सिटीले १–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीलाई जिताउन जेसी रोड्रिग्वेजले ४७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियल मड्रिडका पूर्व खेलाडी जेसीले स्टोकका लागि गरेको यो पहिलो गोल हो ।
दुई खेलमा एकमा मात्रै जित निकालेको आर्सनलको तीन अंक मात्रै छ ।
आर्सनल पराजित
0
Share.
Comments