काठमाडौं, १ भदौ । एएफसी एसियन कप छनोटको तयारीका लिग जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज बिहान भएको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ । नेपाली टोलीले अमिटी स्पोर्टस क्लबसँग खेलमा ५–० को हार बेहोरेको हो ।
अमिटी क्लवले चौथो मिनेटमा यामाकोमो डाइकीले, १६ औं मिनेटमा योसहियोकाले, ३४ औं मिनेटमा ताकाहासीले गोल गरेका थिए ।
यस्तै, मोरिया ताकाजिनले ५६ औं र होरिनो जुनले ५७ औं मिनेटमा नेपालविरुद्ध गोल गरेका थिए ।
अघिल्ला दुई मैत्रीपूर्ण खेलमा भने नेपालले एकमा बराबरी र अर्कोमा जित निकालेको थियो । एएफसी एसियन कप छनोटअन्तर्गत भदौ २० गते ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि जापान पुगेको नेपाली टोलीले भोलि हानान विश्वविद्यालयसँग नेपाली समयअनुसार १ः१५ बजे प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीको लज्जास्पद हार
0
Share.
Comments