एजेन्सी, १ भदौ । बार्सिलोनालाई हराउँदै रियल मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । सुपर कपको दोस्रो लेग अन्तर्गत गएराति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधि जितेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल मड्रिडलाई जिताउन मार्को एसेन्सिओ र करिम बेन्जिमाले गोल गरे । बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको पहिलो लेगमा रियल मड्रिड ३–१ ले विजयी भएको थियो ।
यस्तै रियल मड्रिडले दुई हप्ताअघि युइएफए सुपर कपको उपाधि पनि जितेको थियो ।
बार्सिलोनालाई हराउँदै रियल मड्रिडले जित्यो उपाधि
0
Share.
Comments