एजेन्सी, २९ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुल बराबरीमा रोकिएको छ । गएराति भएको लिगको आफ्नो पहिलो खेलमा लिभरपुल वाट्फोर्डसँग ३–३ को बराबरीमा रोकिएको हो ।
बाट्फोर्डले ८ औं मिनेटमा ओकाको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा लिभरपुलका मानेले बराबरी गोल गरे । त्यसको ३ मिनेट पनि बित्न नपाउँदै डाउकोरेले ३२ औं मिनेटमा गोल गरे पहिलो हाफमा वाटफोर्डले २–१ ले अग्रता लियो ।
खेलको ५५ औं मिनेटमा पेनाल्टीमार्फत फिर्मिन्होले बराबरी गोल फर्काए भने दुई मिनेट नवित्दै र मोहम्मद सालाहले गोल गर्दा लिभरपुलले ३–२ को अग्रता दिलाए । इन्जुरी टाइमको तेस्रो मिनेटमा ब्रिटोसले गोल गर्दै वाटफोर्डलाई हारबाट जोगाए ।
यस्तै, अन्य खेलमा हडर्सफिल्डले क्रिष्टल प्यालेसलाई ३–० र वेष्ट ब्रोमले बोर्नमाउथलार्य १–० ले हरायो । साउथह्याम्पटन र स्वान्सी सिटीले गोल रहित बराबरी खेलेका छन् ।
लिभरपुल बराबरीमा रोकियो
0
Share.
Comments