एजेन्सी, २९ साउन । एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टनले स्टोक सिटीलाई १–० ले हराएर विजयी सुरुवात गरेको हो ।
एभर्टनलाई जिताउन खेलको पहिलो हाफको इन्जुरी समयमा रुनीले गरेको सुन्दर गोल निर्णायक बन्यो ।
१३ वर्षपछि क्लब फर्किएका वायने रुनीको गोलबाट एभर्टनले जित निकालेको हो । यो सिजन रुनी म्यानचेस्टर युनाइटेडबाट एभर्टन गएका हुन् ।
एभर्टनले स्टोक सिटीलाई हरायो
0
Share.
Comments