एजेन्सी, २९ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा चेल्सी बर्नलीसँग पराजित भएको छ । साबिक विजेता चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा खराब सुरुवात गर्दै चेल्सी बर्नलीसँग ३–२ ले पराजित भएको हो ।
लिग अन्तर्गत गएराति भएको यो सिजनको पहिलो खेलमा चेल्सीका ग्यारी काहिल तथा सेस फाब्रिगास रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ खेलाडीमा सीमित भएको हो । १४ औं मिनेटमा काहिल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । पहिलो हाफमा १० खेलाडीमा सीमित भएको चेल्सीले तीन गोल खायो । बर्नलीका लागि साम वोक्सले २४ र ४३ औं मिनेटमा गरी दुई गोल गरे भने ३९ औं मिनेटमा स्टिफन वार्डले एक गोल गरे । ६९ औं मिनेटमा यहि सिजन रियल मड्रिडबाट आएका अल्भारो मोराटाले चेल्सीका लागि पहिलो गोल गरे । ८१ औं मिनेटमा फाब्रिगास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ खेलाडीमा सीमित भयो । ८८ औं मिनेटमा डेविड लुइजले गोल गर्दै चेल्सीलाई ३–२ को अवस्थामा ल्याए पनि हारबाट जोगान भने सकेनन् ।
साबिक विजेतालाई लिगको पहिलो खेलमा नै हराएर बर्नलीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
पहिलो खेल मै हार्यो चेल्सी
0
Share.
Comments