काठमाडौं २७ साउन । युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन् । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भए ।
अजितले छात्र १ हजार ५ सय मिट दौड, तिलकले छात्र सटपुट, मञ्जुले छात्रा १ हजार ५ सय मिटर दौड तथा विपनाले छात्रा ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए । दुई कीर्तिमानका लागि विपनाले २ लाख नगद पुरस्कार पाइन् । बाँकीले १ लाखका दरले नगद पुरस्कार पाए ।
Comments