एजेन्सी, २४ साउन । युइएफए सुपर कपको उपाधिका लागि आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल मड्रिडबिच प्रतिस्पर्धा हुँदैछ । खेल मेसेडोनियाको फिलिप द्वितिय एरिनामा नेपाली समय अनुसार राति साढे १२ बजे हुनेछ ।
युरोपा लिग विजेता म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिग विजेता रियल मड्रिड नयाँ सिजनको सुरुवात उपाधिका साथ गर्ने लक्ष्यका साथ मैदान जाँदैछन् ।
दुवै टिमले प्रतिस्पर्धाका लागि आफूहरुको तयारी राम्रो रहेको बताएका छन् । रियल मड्रिड गएको वर्षको विजेता हो ।
रियल र युनाइटेड सुपर कपमा भिड्दै
0
Share.
Comments