एजेन्सी, २० साउन । म्यानचेस्टर सिटीका नाइजेरियन स्ट्राइकर केलेची इहेनाचो लेस्टर सिटीमा गएका छन् । लेस्टरले इहेनाचोलाई २५ मिलियन पाउण्ड खर्चेर आफ्नो क्लवमा प्रवेश गरेका हो । २० वर्षीय फरवार्डले लेस्टरसँग ५ वर्षको अनुबन्धन गरेका छन् ।
सन् २०१५मा सिटीका लागि डेब्यु गरेका इहेनाचोले त्यसयता ६४ खेल खेल्दै २१ गोल गरेका छन् । उनले सिटीमा पहिलो रोजाईमा पर्न नसकेपछि क्लब छाड्ने मनसाय बनाएका थिए । लेस्टरले उनलाई आफ्नो मुख्य स्ट्राइकर बनाउने बुझेपछि क्लबलाई प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए ।
म्यानचेस्टरका इहेनाचो लेस्टरमा गए
0
Share.
Comments