एजेन्सी, १५ साउन । स्वीडेनलाई हराउँदै आयोजक नेदरल्याण्डस् महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै नेदरल्याण्डस् सेमिफाइनलमा पुगेको हो ।
नेदरल्याण्डस्का लागि खेलको ३३ औं मिनेटमा लिएकी मार्टिन्स र ६४ औं मिनेटमा विविएन मिएडिमाले गोल गरेका थिए ।
अब नेदरल्याण्डस्ले सेमिफाइनलमा इंग्ल्याण्ड र फ्रान्सबिच हुने क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
नेदरल्याण्डस् महिला युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा
0
Share.
Comments