एजेन्सी, ५ साउन । आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत भएको तेश्रो खेलमा नेपालले अफगानिस्तानसँग पराजित भएको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले पराजित भएको छ ।
खेलमा नेपालका आसिफ शेखले ६ रन, सन्दिप सुनारले २ रन, दिपेन्द्र सिंह ऐरीले ४ रन, पवन शर्राफले सर्वाधिक २६ रन जोडेका थिए । अफगानिस्तानका कप्तान नबिन उल हक र मुजिब रहमानले समान ४/४ विकेट लिए । युसुफ जजाई र जाहिर खानले पनि १/१ विकेट बाँडे ।
यस्तै अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन, नविद ओबेदले ३३ रन, तारिक स्तानिकजाइले २७ रन, इमरान मोहमदीले १८ रन, नविद उल हकले २० रन र दार्विस रसुलीले १४ रन जोडे ।
नेपालका लागि साहिब आलमले ३, पवन सरार्फले र सन्दिप लामिछानेले २/२ तथा, किशोर महतो र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
अफगानसँग नेपालको लज्जास्पद हार
0
Share.
Comments