काठमाडौं, १ साउन । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपाल युएईसँग ५–० गोल अन्तरले पराजित भएको छ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपालले हिजो पहिलो खेलमा संयुक्त अरब इमिरेट्ससँग पाजित भएको हो । पहिलो हाफमा ४–० ले पछि रहेको नेपालले दोस्रो हाफमा १ गोल खाएको हो ।
प्रतियोगिताको समूह डि मा रहेको नेपालले सोमबार उज्वेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ । अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटवल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनलको लागि छनोट हुनेछन् ।
नेपाल युएईसँग ५–० गोल अन्तरले पराजित
0
Share.
Comments