एजेन्सी, २२ असार । इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोली एवं म्यानचेस्टर युनाइटेडका कप्तान वायन रुनीले खेल समयको कमी भएको कारणले क्लब छाड्ने भएका छन् ।
आगामी जुनबाट रसियामा सुरु हुने फिफा विश्वकप २०१८ मा टोलीमा पर्नका लागि रुनीले नियमित क्लब फुटबल खेल्नुपर्ने र युनाइटेडमा त्यो सम्भव नदेखेपछि उनले अर्को क्लबमा जाने निर्णय लिएका हुन् । उनलाई भित्र्याउन रुनीकै पूर्वक्लब एभर्टनले प्रयास गरिरहेको विभिन्न संचार माध्ययमले जनाएका छन् ।
सन् २००२÷०३ को सिजनमा १६ वर्ष हुँदै एभर्चनबाट खेलेका रुनीले सन् २००४ को युरो खेलेका थिए । त्यसलगत्तै युनाइटेडले २० मिलियन पाउण्ड तिरेको थियो । उनको हालको करार अवधि सन् २०१९ सम्म भएपनि क्लबले सहमतिमा आएर उनलाई एभर्टन जान दिने सम्भावना प्रबल छ।
रुनीको प्रस्थानसँगै युनाइटेडले अल्भारो मोराटालाई भित्र्याउन अन्तिम तयारी गर्दैछ। यता एभर्टन भने रुनीलाई क्लबको पाँचौ नयाँ खेलाडी बनाउने सुरमा छ।
रुनीले म्यानचेस्टर युनाइटेड छाड्दै
0
Share.
Comments