एजेन्सी, २१ असार । रियल म्याड्रिडसँग १० वर्ष बिताएका पोर्चुगेली सेन्टर डिफेन्डर पेपेले टर्कीस लिग च्याम्पियन बेसिक्टाससँग सम्झौता गरेका छन् । रियल म्याड्रिडसँग सम्झौता समाप्त भएको र नयाँ करार नपाएकोले पेपेको रियल म्याड्रिड करियर सकिएको हो ।
यसअघि पिएसजीसँग नजिकिएको सम्झौता विफल भएपछि पेपेले बेसिक्टासमा कुरा अघि बढाएका थिए । पिएसजीसँग मेडिकलसम्म गरेका पेपे र क्लब बिच करारको अवधिमा कुरा नमिलेपछि अन्तिम समयमा सम्झौता हुन सकेन । पेरिसले २ वर्षको करार गर्ने इच्छा देखाएपनि पेपेले कम्तिमा ३ वर्षको सम्झौता हुनुपर्ने माग राखेका थिए ।
पेपेले बेस्किटाससँग २ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । फ्री एजेन्ट रहेकाले रियल म्याड्रिडले कुनै स्थानान्तरण रकम नपाउने प्रावधान रहेको छ । पेपेले सन् २००७ मा पोर्टो छाडेर रियल पुगेयता ३ सय ३७ खेल खेलेका थिए । उनले रियलमा छंदा समान ३ पटक ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेका थिए ।
पोर्चुगललाई कन्फेडेरेसन कपको तेश्रो स्थानको खेलमा कप्तानी गर्दै जित दिलाएका पेपेले प्रतियोगिताको सकिएसँगै इस्तानबुल पुगेर बेसिक्टाससँगको सम्झौता गरेका हुन् ।
पोर्चुगलका पेपे टर्किस क्लब बेसिक्टासमा
0
Share.
Comments