एजेन्सी, १९ असार । पोर्चुगल कन्फेडेरेसन कन्फेडेरेसन कप फुटबल प्रतियोगितामा तेस्रो स्थनामा रहन सफल भएको छ । हिजो भएको तेस्रो स्थानका लागि भएको खेलमा पोर्चुगलले नाटकीय रुपमा मेक्सिकोमाथि २–१ को जित हात पारेको हो ।
निर्धारित समयको केही सेकेण्ड मात्रै बाँकी रहँदा पोर्चुगलका लागि पेपेले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । लुइस नेटोले खेलको ५४ औं मिनेटमा पोर्चुगलका लागि आत्मघाती गोल गरेपछि खेलमा मेक्सिको हावी भएको थियो । अतिरिक्त समयको १४ औं मिनेटमा मेक्सिकन खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एड्रियन सिल्भाले गोलमा परिणत गरेपछि पोर्चुगलको जित सुनिश्चित भएको हो ।
खेलको अन्तिम समय दुबै टिम का खेलाडीले रातो कार्ड बेहोरेपछि १०–१० खेलाडीमा सीमित भएको थियो ।
मेक्सिकोलाई हराउँदै पोर्चुगल तेस्रो
0
Share.
Comments