एजेन्सी, १६ असार । विश्व विजेता जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा पुगेको छ । गएराति सोचीमा भएको सेमिफाइनलमा मेक्सिकोलाई ४–१ ले हराउँदै जर्मनीफाइनलमा पुगेको हो ।
जर्मनीको जितमा लियोन गोरेत्काले दुई तथा टिमो वार्नर र आमिन युनिसले एक एक गोल गरे । मेक्सिकोका लागि मार्को फेबियनले एक गोल फर्काए ।
जर्मनीले अब उपाधिका लागि चिलीसँग खेल्ने छ । चिलीले पोर्चुगललाई टाइब्रेकरमा हराएर यसअघि नै फाइनलमा स्थाना बनाइसकेको छ । फाइनल खेल आउँदो आइतबार राति पौने १२ बजे हुनेछ ।
मेक्सिकोलाई हराउँदे जर्मनी फाइनलमा पुग्यो
0
Share.
Comments