एजेन्सी, १४ असार । जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । गएराति भएको सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् ।
जर्मनीले इंग्ल्याण्डलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा पुगेको हो । निर्धारित र थप गरिएको समयमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । अर्को खेलमा साउल निगुएजको ह्याट्रिकको मद्दतमा इटालीलाई ३–१ ले हराउँदै स्पेनले जर्मनीसँगको फाइनल भेट पक्का ग¥यो ।
फाइनल खेल शुक्रबार पोल्याण्डको क्राकोवमा हुनेछ ।
जर्मनी र स्पेन फाइनलमा भिड्दै
0
Share.
Comments