काठमाडौं, ९ असार । नेपालकी लक्ष्मी मगरले श्रीलंकामा सम्पन्न ‘श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७’ को उपाधि जितेकी छिन् ।
श्रीलंकन एयरलाईन्सद्वारा आयोजित प्रतियोगितामा चार दिने माउन्टेन बाइक स्टेज रेसमा उनले कुल २० घन्टा, २० मिनेट १८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । दुईसय ७२ किलोमिटरको जंगली, उवडखावड, चिया बगान, ओरालो भिरालो, नदी, झरना आदि विभिन्न प्राकृतिक वातावरणीय कठिनाईलाई पार गर्दै उनले जित हात पार्न सफल भएको उनले बताइन् ।
अस्ट्रेलियाकी तानिया थाइरोन २१ घन्टा, ८ मिनेट ३ सेकेन्डका साथ दोश्रो र फ्रान्सकी क्लेयर डरमारक्वेट २१ घन्टा ३९ मिनेट ११ सेकेन्डका साथ तेश्रो भएका छन् ।
नेपालकी लक्ष्मीले जितिन् ‘श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७’ को उपाधि
0
Share.
Comments