एजेन्सी, ६ असार । रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा गएराति अस्ट्रेलियालाई ३–२ ले हारएको हो ।
सोचीमा भएको खेलमा जर्मनीलाई जिताउन लार्स स्टिन्ड्ल, जुलियन ड्रयाक्सलर र गोरेट्जकाले गोल गरे । अस्ट्रेलियाका लागि टम रोगिच र टोमी जुरिकले गोल गरे ।
समूह बी को शीर्ष स्थानमा चिली तथा जर्मनी दोस्रो स्थानमा छ ।
जर्मनीद्वारा अस्ट्रेलिया ३–२ ले पराजित
0
Share.
Comments