एजेन्सी, ५ असार । फिफा कनफेडेरेशन कप फुटबलको आफ्नो पहिलो खेलमा पोर्चुगल मेक्सिकोसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा पोर्चुगल मेक्सिकोसँग २–२ को बराबरीमा रोकिएको हो ।
पोर्चुगलका लागि ३४ औं मिनेटमा रिकार्डो क्वरेज्मा र ८६ औं मिनेटमा सेड्रिक सोअर्सले गोल गरेका थिए । यस्तै मेक्सिकोका लागि ४२ औं मिनेटमा जाभियर हर्नान्डेज र इन्जुरी समयमा मोरेनोले गोल गरेका थिए ।
समूह ए मा रहेको पोर्चुगल बराबरीपछि एक अंकसहित तेस्रो स्थानमा छ । एक अंक नै रहेको मेक्सिको दोस्रो स्थानमा छ भने तीन अंकसहित रुस शीर्ष स्थानमा छ ।
पोर्चुगल मेक्सिकोसँग बराबरीमा रोकियो
0
Share.
Comments