एजेन्सी, ५ असार । भारतलाई हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । हिजो भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।
पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ ओभरमा मात्रै एक सय ५८ रन बनाउँदा अलआउट गर्यो । पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले समान तीन तीन तथा शादब खानले दुई विकेट लिए । भारतका हार्दिक पाण्डेयले ७६, युवराज सिंहले २२, शिखर धवनले २१ तथा रविन्द्र जडेजाले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान विराट कोहली पाँच तथा महेन्द्र सिंह धोनी मात्रै चार रन बनाएर आउट भए । रोहित शर्मा शून्य रनमा आउट भए ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले फाखर जामनको एक सय १४ रनको मद्दतमा चार विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । अजहर अलीले ५९ तथा बाबर आजमले ४६ रनको योगदान गरे । मोहम्मद हाफिजले नटआउट ५७ रन बनाए ।
भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफी
0
Share.
Comments