एजेन्सी, ३१ जेठ । अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रभावशाली जित निकालेको छ । हिजो भएको खेलमा अर्जेन्टिनाले सिंगापुरलाई ६–० ले हराएको हो ।
सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा अर्जेन्टिना लियोनल मेस्सी बिना खेलेको थियो । २५ औं मिनेटमा फेडेरिको फाजिओले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । ३१ औं मिनेटमा जोकिन कोरियाले अग्रता दोब्बर पारे । यस्तै, ६० औं मिनेटमा एलेहान्ड्रो गोमेज तथा ७४ औं मिनेटमा लियान्ड्रो पेरेडेसले गोल गरेपछि अर्जेन्टिनाको अग्रता ४–० मा पुग्यो । ९० औं मिनेटमा लुकास एलारो तथा इन्जुरी समयमा एन्जल डी मारियाले गोल गरेपछि अर्जेन्टिना ६–० ले विजयी भयो ।
विश्वकप छनोट खेल पूर्व मैत्रीपुर्ण खेलको यात्रामा रहेको अर्जेन्टिनाले यसअघि ब्राजिललाई पराजित गरेको थियो ।
गर्यो सिंगापुरमाथि अर्जेन्टिनाले गोलबर्षा
0
Share.
Comments