काठमाडौं, ३० जेठ । एएएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा आज भएको खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि समूह एफ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् ।
एसियन कप छनौटमा समूह एफ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह एफ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको यमन आजको खेलमा नेपालसँग बराबरी गरेपछि दुई खेलबाट चार अंक जोड्न सफल भएको छ । नेपालको भने दुई खेलबाट एक अंक मात्रै भएको छ ।
नेपाल र यमनबीचको खेल गोलरहित बराबरीमा सकियो
0
Share.
Comments