एजेन्सी, ३० जेठ । विश्वकप २०१८ फुटबलमा इरान छनौट भएको छ । गएराति भएको खेलमा उज्वेकिस्तानलाई २–० गोल अन्तरले हराउँदै इरान आउँदो वर्ष रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम तथा एसियाको पहिलो टिम बनेको छ । छनौट चरणबाट ब्राजिल तथा रसियाले आयोजकको नाताले विश्वकपमा यसअघि नै स्थान सुरक्षित गरेका छन् ।
विश्वकप छनौटको तेश्रो चरणमा समूह ए मा छैटौं जित निकाल्ने क्रममा इरानले उज्वेकिस्तालाई हराएको छ । इरानको ८ खेलबाट २० अंक भएको छ । तेश्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंक छ । दक्षिण कोरियाको भने ७ खेलबाट १३ अंक छ ।
समूहका शीर्ष दुई टिम विश्वकपमा छनौट हुन्छन् भने तेश्रो स्थानको टोलीले चौथो चरणमा प्ले अफ खेल्न पाउँछ ।
सन् १९७८ मा पहिलो पल्ट विश्वकप खेलेको इरान विश्वकपमा छनौट भएको यो पाँचौं अवसर हो । १९७८, १९९८, २००६ र २०१४ का विश्वकप खेलेको इरान समूह चरणबाट माथि उक्लिन सकेको छैन् ।
विश्वकपको एशियाली छनौटको समूह बि मा रहेका इराक र थाइल्याण्डको भने विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ ।
इरान विश्वकपमा छनोट
0
Share.
Comments