एजेन्सी, २८ जेठ । विश्वकप २०१८ को छनौट अन्तर्गतको गएराति भएको खेलमा इंग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह एफमा रहेको इंग्ल्याण्ड स्कटल्याण्डसँग २–२ को बराबरीमा रोकिएको हो ।
अवे मैदानमा ह्यारी केनको कप्तानीमा खेलेको इंग्ल्याण्डले ७० औं मिनेटमा एलेक्स ओक्सलेड–चेम्बरलेनको गोलबाट अग्रता लियो । स्कटल्याण्डका लागि ८७ र ९० औं मिनेटमा लि ग्रिफिथ्सले गोल गर्दै अग्रता दिलाए । तर कप्तान केनले इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई हारबाट जोगाएर खेल बराबरी गरे ।
बराबरीपछि ६ खेलबाट १४ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ । राति नै भएको खेलमा स्लोभाकियाले लिथुवानियालाई २–१ ले हरायो । स्लोभाकियाको ६ खेलबाट १२ अंक भएको छ । समूह एफ अन्तर्गत राति नै भएको खेलमा स्लोभेनियाले माल्टालाई २–० ले हराएको छ ।
इंग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकियो
0
Share.
Comments