एजेन्सी, २८ जेठ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले शानदार जित दर्ता गरेको छ । विश्वकप २०१८ को छनौट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले सान मारिनोलाई ७–० ले हराएर सानदार जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे भने शद्दरन मुस्ताफी, अमिन युनिस, जुलियन ब्रान्ट र जुलियन ड्रेक्सलरले एक एक गोल गरे ।
छनौट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ । यस्तै समूह ‘सी’ अन्तर्गत राति नै भएको खेलमा नर्दन आयरल्याण्डले अजरबैजानलाई १–० ले हरायो । दोस्रो स्थानको आयरल्याण्डको ६ खेलबाट १३ अंक भएको छ । समूहकै अर्को खेलमा नर्वे र चेक गणतन्त्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हरायो
0
Share.
Comments