एजेन्सी, २८ जेठ । अस्ट्रेलिया इग्ल्याण्डसँग पराजित भएपछि बंगलादेश उपविजेता बन्दै च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल पुगेको छ । हिजो राति भएको खेलमा अस्ट्रेलिया इग्ल्याण्डसँग पराजित भएपछि बंगलादेश समूह ए बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यससँगै अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २७७ रन बनायो । अष्ट्रेलियाका लागि ट्रेविस हेडले ७१ रन बनाए भने एरोन फिन्चले ६८, कप्तान स्टिभ स्मिथले ५६ रन बनाए ।
जवाफमा मैदान उत्रिएको इंग्ल्याण्डको सुरुवात राम्रो रहेन । ओपनर जेसन रोय ४ र एलेक्स हेल्स शुन्यमै आउट भए । जो रुट पनि १५ रनमा नै पभेलियन फर्किएपछि घरेलु टोली इंग्ल्याण्डले ३५ रन बनाउँदा ३ विकेट गुमाएको थियो र केही दबावमा देखिएको थियो ।
बेन स्टोक्स र इयान मोर्गानले चौथो विकेटका लागि १५९ रनको साझेदारी गर्दै पारी सम्हाले । मोर्गान ८७ रनमा रनआउट भए भने स्टोक्स टिकिरहे र १०८ बलमा शतक पुरा गरे ।
अस्ट्रेलिया बाहिरिदा बंगलादेश सेमिफाइनलमा
0
Share.
Comments