काठमाडौं, २४ जेठ । सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदमा २८ खेल समावेश गर्न प्रस्ताव गरिएको छ । भुटानमा जारी दक्षिण एसियाली ओलम्पिक परिषदको कार्यकारिणी समितिको वैठकले सो प्रस्ताव गरेको हो ।
यसअघि आयोजक नेपालले २३ खेल समावेश गर्ने प्रस्ताव राख्ने बताएपनि अन्तिम समयमा आएर ५ खेल थप गरिएको छ । कति खेल समावेश गर्ने भन्ने अन्तिम निर्णय यही वर्ष अस्गाबादमा हुने एसिएन ईन्डोर गेम्सको दौरान बस्ने वैठकले गर्नेछ ।
भुटानमा जारी दक्षिण एशीयाली ओलम्पिक परिषदको बैठकले अफ्गानिस्तानलाई दक्षिण एशियाली समुहबाट हटाएको औपचारिक निर्णय समेत गरेको छ । यसअघि अफ्गानिस्तनले पनि दक्षिण एशीयाली खेलकुदमा सहभागिता जनाउँदै आएको थियो ।
१४ औं साग कुन देशले आयोजना गर्ने भन्ने विषयमा भने यसपछि मालदिभ्समा हुने बैठकले निर्णय गर्ने भुटानबाट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए ।
१३ औं दक्षिण एसियाली खेलकुदमा २८ खेल समावेश गर्ने प्रस्ताव
0
Share.
Comments