काठमाडौं, २३ जेठ । आज नेपाल र भारतबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपालले आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा हुनेछ । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको हो ।
भारत र नेपाल साफ च्याम्पियनसिप अन्तर्गत २०७२ को पुसमा आमनेसामने भएका थिए । त्यसपछि पहिलो पटक दुई देशबिच खेल हुन लागेको हो ।
फिफा बरियतामा नेपाल नेपाल भन्दा भारत ६९ स्थानमाथि छ । नेपाल १६९ स्थानमा छ भने भारत १०० स्थानमा छ । भारतसँगको खेल सजिलो नरहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् ।
नेपाल र भारतबिच अहिलेसम्म १८ पटक खेल भएको छ । त्यसमा इतिहास नेपालको पक्षमा त्यति राम्रो छैन । यसमा नेपालले मात्रै दुई खेल जितेको छ । यस्तै १२ खेलमा भारत विजयी भएको छ । चार खेल भने बराबरीमा सकिएको छ । नेपालले अहिलेसम्म भारतलाई उसको मैदानमा हराउन सकेको छैन ।
यहि जेठ ३० गते अर्थात आउँदो मंगलबार एसियन कप छनौट अन्तर्गत यमनसँग प्रतिस्पर्धा गर्नका लागि तयारीमा रहेको नेपालका लागि भारतसँगको खेल निकै महत्वपूर्ण छ । भारतले पनि त्यही दिन बैंगलोरमा किर्गिस्तानसँग खेल्ने छ ।
आज नेपाल र भारतबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल
0
Share.
Comments