एजेन्सी, २३ जेठ । विश्व नम्बर एक एण्डी मुर्रे फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । हिजो बेलुका भएको खेलमा सुरुका कारेन खाचानोभलाई हराउँदै बेलायती मुर्रेले अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । उनले खाचानोभलाई ६–३, ६–४ र ६–४ को सेटमा हराएका हुन् । मुर्रेले क्वाटरफाइनलमा आठौं बरियताका जापानी खेलाडी केइ निशिकोरीसँग प्रतिस्पर्धा गर्ने छन् । निशिकोरीले स्पेनिस खेलाडी फर्नान्डो वेर्डास्कोलाई ०–६, ६–४, ६–४ र ६–० को सेटमा हराएर मुर्रेसँगको भेट पक्का गरेका हुन् । पहिलो सेट गुमाएका निशिकोरीले त्यसपछिका सेटमा पुनरागमन गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।
मुर्रे र निशिकोरी क्वाटरफाइनलमा
0
Share.
Comments