काठमाडौं, २२ जेठ । नेपाल पुलिस क्लब प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई डक वर्थ लेविस नियमका आधारमा ३४ रनले हराउँदै पुलिस फाइनल पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो सेमिफाइनलमा पुलिसले एपिएफलाई दिएको २ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि डक वर्थ लेविस नियमका आधारमा निर्णय गरिएको हो । पानी परेर खेल रोकिनु अघि एपिएफले २८ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । एपिएफका लागि ज्ञानेन्द्र मल्लले ४५ र सन्दिप सुनारले ३६ रन बनाएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ५२ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ५२, सिद्धान्त लोहनीले ४०, दिपेन्द्रसिंह ऐरीले ३७, सौरभ खनालले २६ साथै सुमित महर्जनले २६ रन बनाएका थिए । अरुण ऐरी र ज्ञानेन्द्र मल्ले दुईदुई विकेट लिए । दोस्रो सेमिफाइलमा भोलि त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीच खेल हुनेछ ।
एपिएफलाई हराएर पुलिस फाइनलमा
0
Share.
Comments