एजेन्सी, २१ जेठ । च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हराएको छ । ३ सयको लक्ष्य पछ्यएको श्रीलंकालाई ४१ ओभर ३ बलमा २ सय ३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिका विजयी भएको हो ।
श्रीलंकाका उपुल थारंगाले ५७, कुशल परेराले नटआउट ४४ र निरोशन डिकवेलाले ४१ रनको योगदान गरेपनि टीमलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले हासिम अम्लाको १ सय ३ र फाफ डू प्लेसीसको ७५ रन मद्दतमा २ सय ९९ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हरायो
0
Share.
Comments