एजेन्सी, २१ जेठ । युभेन्टसलाई पराजित गरी रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको छ । वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा गएराति भएको च्याम्पियन्स लिग फुटबलको यो सिजनको फाइनलमा इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराउँदै लगातार दोस्रो तथा समग्रमा १२ पटक उपाधि जितेको हो ।
च्याम्पियन्स लिगको नामबाट प्रतियोगिता भएदेखि लगातार दोस्रो वर्ष उपाधि जित्ने रियल मड्रिड पहिलो टिम बनेको छ । कार्डिफमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका खेले । उनले २० र ६४ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ६१ औं मिनेटमा कासमेइरो र ९० औं मार्को एसेन्सिओले गोल गरे । युभेन्टसका लागि २७ औं मिनेटमा मारियो मान्जुकीले एक गोल फर्काए । ८४ औं मिनेटमा आन क्वाड्राडो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।
युभेन्टस यसअघि सन् १९९८ मा फाइनलमा रियलसँग १–० ले पराजित भएको थियो ।
च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई
0
Share.
Comments