एजेन्सी, १७ जेठ । रियल मड्रिड तथा पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विश्वका सबैभन्दा बढी चर्चित खेलाडी बनेका छन् । प्रकाशन तथा प्रशारण संस्था इएसपिएनले नयाँ गरिएको अध्ययन अनुसार विश्वका एक सय चर्चित खेलाडीको सूचिमा रोनाल्डो विश्वका सबैभन्दा बढी चर्चित खेलाडी रहेको पाइएको हो ।
उनले एनबिए सुपर स्टार लेब्रोन जेम्स र बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई पछि पारेका हुन् । जेम्स दोस्रो र मेस्सी तेस्रो स्थानमा छन् । इएसपिएनले खेलाडीको आम्दानी, सामाजिक सञ्जालको उपस्थिति तथा गुगलमा गरिएको खोजीका आधारमा सूचि सार्वजनिक गरेको हो ।
टेनिसका रोजर फेडेरर चौथो, गल्फका फिल मिकलेल्सन पाँचौं, फुटबलका नेइमार छैटौं, एथ्लेटिक्सका उसैन बोल्ट सातौं, बास्केटबलका केविन गुरान्ट आठौं, टेनिसका राफायल नाडाल नवौं तथा गल्फका टाइगर वुड दशौं स्थानमा छन् । भारतका त्रिकेटर विराट कोहली र महेन्द्र सिंह धोनी क्रमशः १३ र १५ औं स्थानमा छन् ।
विश्वका सबैभन्दा बढी चर्चित खेलाडी
0
Share.
Comments