काठमाडौं , ९ जेठ । कुन खेललाई नेपालको राष्ट्रिय खेल बनाउने भन्ने बहस टुंगिएको छ । अबदेखि नेपालको राष्ट्रिय खेल भलिबल भएको छ । नेपालका लागि माटो सुहाउँदो खेल भनेर चिनिने भलिबलले राष्ट्रिय खेलका रुपमा मान्यता पाएको हो । मन्त्री परिषद्को हिजो बसेको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेल मान्ने निर्णय गरेको छ ।
बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउँदै सरकारका प्रबक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले हाम्रो राष्ट्रिय खेल नभएकोले आजदेखि भलिबललाई राष्ट्रिय खेल बनाएको बताए । लामो समयदेखि डन्डिबियोलाई राष्ट्रिय खेलको रूपमा मानिदै आएको भए पनि आधिकारिक रूपमा हिजोबाट नेपालको राष्ट्रिय खेल भलिबल भएको छ ।
भलिबल अब नेपालको राष्ट्रिय खेल
0
Share.
Comments