एजेन्सी, ८ जेठ । राइजिङ पुने सुपरजायन्टलाई १ रनको झिनो अन्तरले हराउँदै मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ ।
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२९ रन जोडेको थियो ।
१३० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पुनेले निर्धारित ओभरमा १२८ रन मात्र बनाउन सक्यो ।
प्रतियोगिताभर ६४१ रन बनाएका सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर उत्कृष्ट ब्याट्सम्यान तथा बलर भुवनेश्वर कुमार २६ विकेटसहित उत्कृष्ट बलर चुनिए ।
आइपिएलको दशौं संस्करणसम्म आइपुग्दा मुम्बईले प्रतियोगिताको उपाधि जितेको यो तेस्रो पटक हो । उसले यसअघि २०१३ र २०१५ मा प्रतियोगिताको उपाधि जितेको थियो ।
Comments